जाजरकोटको जुनीचाँदे गाउँपालिकाका २ वडामा तोडफोड
शनिबार, ०६ फागुन २०७९, १५ : ४२

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिका भित्रका दुई वडामा अज्ञात समुहले तोडफोड गरेको छ । हिजो राती वडा नं ३ र ५ को वडा कार्यालयमा तोडफोड भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।
वडा नं. ३ मा ताला फोडेर ल्यापटप महत्वपूर्ण कागजातहरु चोरी भएका छन् भने वडा नं ५ मा दुई वटा ल्यापटप, प्रिन्टर, नागरिकता सम्बन्धी फाइलहरु चोरी भएको नेपालीले बताए । वडा कार्यालयहरुमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान भईरहेको उनले बताए । कसले वडा कार्यालयमा तोडफोड गरेको भन्ने खुल्न सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा