कटारी बजारको आगलागी नियन्त्रणमा
शनिबार, ०६ फागुन २०७९, १७ : १६
कटारी । उदयपुरको कटारी बजारको मुख्य भागमा रहेको होटलमा भएको आगलागी नियन्त्रणमा आएको छ । जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज विहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो । कमल साहले सञ्चालन गरेको होटलमा भएको आगलागीबाट रू पाँच लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष पुष्कर खड्काले बताए । “होटलको काउन्टरबाट सुरु भएको आगलागीका कारण फ्रिज लगायतका सामग्री जलेका छन्”, उनले भने ।
कटारी नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए । “तत्काल नियन्त्रणमा ल्याउन सकेकाले ठूलो क्षति हुनबाट जोगियो”, कार्कीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण