कटारी बजारको आगलागी नियन्त्रणमा
शनिबार, ०६ फागुन २०७९, १७ : १६
कटारी । उदयपुरको कटारी बजारको मुख्य भागमा रहेको होटलमा भएको आगलागी नियन्त्रणमा आएको छ । जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज विहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो । कमल साहले सञ्चालन गरेको होटलमा भएको आगलागीबाट रू पाँच लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष पुष्कर खड्काले बताए । “होटलको काउन्टरबाट सुरु भएको आगलागीका कारण फ्रिज लगायतका सामग्री जलेका छन्”, उनले भने ।
कटारी नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए । “तत्काल नियन्त्रणमा ल्याउन सकेकाले ठूलो क्षति हुनबाट जोगियो”, कार्कीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न
-
गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गरिने
-
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
-
बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै
-
राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने
-
कोशी प्रदेश : नयाँ सत्ताको खेल सुरू, किनबेचको हल्ला !