राष्ट्र बैंकले सोमबार १३ अर्ब २३ करोडको ट्रेजरी बोलकबोल गर्ने
आइतबार, ०७ फागुन २०७९, ११ : १६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो । यद्यपि, कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार अर्थात् फागुन ८ गते दिउँसो ३ बजे हुनेछ । इच्छुक खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । यसअघि केन्दीय बैंकले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण