आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बालनिबन्ध : जस्तो समस्या, उस्तै समाधान

आइतबार, ०७ फागुन २०७९, १२ : ०७
आइतबार, ०७ फागुन २०७९

प्रायः हामी भन्ने गर्छौँ समस्या ठूलै छ तर त्यो भन्ने कुरा मात्र हो । वास्तवमा समस्या यत्रै हुन्छ भन्ने नै हुँदैन । न उसको स्वरूप यस्तै हो भन्ने हुन्छ, न यत्रै हो भन्ने हुन्छ । प्रकृतिको प्रयोगशालामै छैन, उसको स्वरूप निर्माण गर्ने कारखाना । प्रकृतिको गर्भमै छैन, त्यस्तो स्वरूप ढाल्ने साँचो । सारमा यति बुझौँ, न उसको आफ्नै स्वरूप छ, न सत्ता नै । यसको अर्थ हो, तपार्ईंंको स्वरूप कत्रो छ, सोच कस्तो छ, उसको स्वरूप पनि त्यस्तै भइदिन्छ । 

मानौँ तपार्र्ईंं अर्बपति हुनुहुन्छ भने तपार्ईंंका समस्या पनि त्यत्रै हुनेछन् । होइन नेता, मन्त्री, सांसद हुनुहुन्छ भने समस्या पनि त्यत्रै हुनेछन् । व्यापारी हुनुहुन्छ भने कुन स्तरको हुनुहुन्छ, सोही अनुसारको स्वरूप निर्माण भइदिन्छ । भिखारीको समस्या पनि आफ्नै स्तरको हुन्छ । यसको अर्थ हो कुकुरको समस्या कुकुर जस्तै र जत्रै हुन्छ, ढुकुरको समस्या ढुकुर जस्तै र जत्रै हुन्छ । 

वास्तवमा समस्या बाहिरबाट आउने कुरा पनि होइन । र, अरुका कारण उत्पन्न हुने पनि होइन । यसको स्रोत पनि तपार्र्ईंं नै हो, कारण पनि तपार्ईंं नै हो । जन्माउने पनि तपाईं, हुर्काउने बढाउने पनि तपार्ईं, बोलाउने पनि तपाईं, केलाउने पनि तपार्ईं । अरू त निमित्त मात्र हुन्, मूल तपार्ईं नै हो ।

समस्याका सङ्ख्या पनि त्यस्तै हो । यो पनि यति नै हुन्छ भन्ने हुँदैन र यस्तै हुन्छ भन्न पनि सकिन्न । तपार्ईं जति बनाउनुहुन्छ, बनाउन चाहनुहुन्छ, त्यति नै बन्दै जानेछन् । सही अर्थमा यो गणना गर्नै नसकिने बस्तु हो भन्नु मनासिव हुनेछ ।

आज संसारमा जे जति समस्या देखिएका छन्, तिनका कारण मानिस नै हुन्, मानिसकै कारण भएका हुन् । मानिसकै कारण खानामा समस्या आयो, नानामा समस्या आयो, काममा समस्या देखियो, मामको समस्या देखियो । 

शिक्षाको समस्या पनि यस्तै हो, शास्त्रको समस्या पनि यस्तै हो, राजनीतिक समस्या पनि यस्तै हो, सामाजिक समस्या पनि यस्तै हो । युवाको समस्या पनि यस्तै हो, प्रौढको समस्या पनि यस्तै हो । बालबालिकाका समस्या पनि यस्तै हो, अविभावकका समस्या पनि यस्तै हो । जीवनको समस्या पनि यस्तै हो, जगतको समस्या पनि यस्तै हो ।  

वर्तमानको समस्या त देखेभोगेकै कुरा हो । भूतमा पनि यस्तै थियो, भविष्यमा पनि यस्तै हुनेछ । भित्र पनि यस्तै, बाहिर पनि यस्तै, तल पनि यस्तै, माथि पनि यस्तै । जहाँ हुनुहुन्छ त्यहीँ समस्या । जहाँ पुग्नुहुन्छ, त्यहीँ समस्या । जहाँ पनि समस्या, जहिले पनि समस्या, समस्या नै समस्या । यही हो तपार्ईंको जीवनको स्थिति, यही हो जगतको ऐना । 

यद्यपि समस्याका कारण यही हो र यति नै छ भन्नै सकिन्न । तथापि यसको मूल खोज्दै जानुभयो भने दुईवटा भेट्टाउनु हुन्छ, ती हुन् राग र द्वेष । कुनै चीज प्राप्त भयो, त्यसैले अर्को आवश्यकता खडा गरिदिन्छ, प्राप्त भएन रिस उठ्छ । गीतामा कृष्णले यसको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । तथापि यिनका व्यावहारिक स्वरूप भने धेरै पाउनु हुनेछ । जस्तो समस्या त्यस्तै कारण, जति समस्या त्यति नै कारण ।  

रोगका लागि रोगी वातावरण नै कारण, भोकका लागि अशिक्षा, अविद्या, बेरोजगारी नै कारण, शोकका लागि जन्म, मृत्यु, जरा, व्याधी नै कारण । यसलाई निम्न उदाहरणबाट थप बुझ्न सकिन्छ । 
मानिलिनुुस् तपार्ईं बेरोजगार हुनुहुन्छ, बेरोजगार समस्याले हैरान हुनुहुन्छ । यसको कारण के हो ? तपार्ईंकै अशिक्षा वा अविद्या नै त हुन् नि ? तपार्ईं विद्यार्थी हुनुहुन्छ । परीक्षामा अनुत्तीर्ण भएर हैरान हुनुहुन्छ । कतिले त यसैका कारण आत्महत्या नै गरेका छन् । तपार्ईं बुद्धिजीवी हुनुहुन्छ, त्यो हदसम्मको मूख्र्याईं गर्नुभएको छैन तर हैरान भने हुनुहुन्छ, चिन्तित हुनुहुन्छ । यतिबेला त्यही अनुत्तीर्ण हुनु नै तपार्ईंको समस्या हो, हो कि होइन ? यदि हो भने त्यसको कारण के हो थाहा छ ? तपार्ईंले पढाइमा ध्यान दिनुभएन, पढ्नेबेला ध्यान अन्यत्रै लगाउनुभयो, यिनै त हुन् । 
त्यस्तै मनिलिनुस्, राती निद्रा नलागेर हैरान हुनुहुन्छ । यतिबेला निद्रा नआउनु वा निदाउन नसक्नु तपार्ईंको समस्या हो नि, होइन र ? हो भने त्यसको कारण के होला त ? श्रम नगर्नु, बढी श्रम गर्नु, अनावश्यक चिन्ता गर्नु, मानसिक रोगको शिकार हुनु आदि नै त हुन् । 

एवं रीतले हेर्दै जानुभयो भने, केलाउँदै जानुभयो भने तपार्ईंका जति समस्या छन्, जति समस्या बनाउनुभएको छ, त्यति नै कारण भेट्टाउनु हुनेछ । जत्रो समस्या बनाउनु भएको छ, त्यत्रै कारण पाउनु हुनेछ । भनिन्छ नि, जति भाँडो त्यति नै चुपुर्को, जत्रो भाँडो त्यति नै कनिका । यहाँ पनि भएको त्यस्तै हो । जति समस्या, त्यति नै कारण । जत्रो समस्या, त्यत्रै कारण ।

समस्या जे भए पनि र जत्रो भए पनि के बिर्सन हुन्न भने समस्याको स्रोत हामी आफैँ हो, समस्याको कारण हामी आफैँ हौँ । यसमा जे जति अन्य कारण पाउनुहुन्छ, भेट्टाउनुहुन्छ ती सबै निमित्त हुन् । मूल कारण तपार्ईं आफैँ हो । 

त्यसैले समस्या बाहिर छैन । तपार्ईंभित्रै छन्, तपार्ईंभित्रै खोज्नुपर्छ । समस्याका कारण संसार होइन, तपार्ईं आफैँ हो । समस्या संसारमा छैन, तपाईं भित्रै छ । जब कारण पत्ता लाग्छ वा लगाउन सक्नुहुन्छ, तब समाधान आफैँ निस्कँदै जानेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप