सन् २००८ पछि न्युजिल्याण्डमा इंग्ल्याण्डको पहिलो जीत
अकल्याण्ड । न्युजिल्याण्डविरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्ड २ सय ६७ रनको विशाल अन्तरले विजयी भएको छ । जीतका लागि ३ सय ९४ रनको लक्ष्य पाएको न्युजिल्याण्ड दोस्रो पारीमा मात्र १ सय २६ रनमा समेटिएको हो । न्युजिल्याण्डको घरेलु मैदानमा इंग्ल्याण्डले कुनै पनि टेस्ट जितेको सन् २००८ पछि यो पहिलो अवसर हो । न्युजिल्याण्डलाई सस्तोमा समेट्न जेम्स एन्डरसन र स्टुअर्ट बोर्डको जोडीले ४–४ विकेट लिए । करियरको १५ वर्षमा दुई खेलाडी मिलेर १ हजार ९ विकेट लिइसकेका छन् ।
त्यस्तै ओली रोबिन्सन र ज्याक लिचले एक–एक विकेट लिए । न्युजिल्याण्डका लागि डार्यल मिचेलले नटआउट रहँदै सर्वाधिक ५७ रन बनाए । माइकल ब्रेसवेलले २५ र टम ल्याथमले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा ९ विकेटको क्षतिमा ३२५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो । न्युजिल्याण्डले आफ्नो पहिलो पारीमा सबै विकेट गुमाउँदै ३ सय ६ रन बनायो भने इंग्ल्याण्डले दोस्रो पारीमा ३ सय ७४ रन बनाएको थियो । जीतसँगै दुई टेस्ट शृङ्खलामा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026