आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सन् २००८ पछि न्युजिल्याण्डमा इंग्ल्याण्डको पहिलो जीत

आइतबार, ०७ फागुन २०७९, १२ : २५
आइतबार, ०७ फागुन २०७९

अकल्याण्ड । न्युजिल्याण्डविरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्ड २ सय ६७ रनको विशाल अन्तरले विजयी भएको छ । जीतका लागि ३ सय ९४ रनको लक्ष्य पाएको न्युजिल्याण्ड दोस्रो पारीमा मात्र १ सय २६ रनमा समेटिएको हो । न्युजिल्याण्डको घरेलु मैदानमा इंग्ल्याण्डले कुनै पनि टेस्ट जितेको सन् २००८ पछि यो पहिलो अवसर हो । न्युजिल्याण्डलाई सस्तोमा समेट्न जेम्स एन्डरसन र स्टुअर्ट बोर्डको जोडीले ४–४ विकेट लिए । करियरको १५ वर्षमा दुई खेलाडी मिलेर १ हजार ९ विकेट लिइसकेका छन् ।

त्यस्तै ओली रोबिन्सन र ज्याक लिचले एक–एक विकेट लिए । न्युजिल्याण्डका लागि डार्यल मिचेलले नटआउट रहँदै सर्वाधिक ५७ रन बनाए । माइकल ब्रेसवेलले २५ र टम ल्याथमले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा ९ विकेटको क्षतिमा ३२५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो । न्युजिल्याण्डले आफ्नो पहिलो पारीमा सबै विकेट गुमाउँदै ३ सय ६ रन बनायो भने इंग्ल्याण्डले दोस्रो पारीमा ३ सय ७४ रन बनाएको थियो । जीतसँगै दुई टेस्ट शृङ्खलामा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप