पोलियोविरुद्धको खोप नलगाएमा हुनसक्छ स्थायीरुपमा पक्ष घात
काठमाडौँ । पाँच वर्षसम्मका बालबालिकालाई पोलियो विरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्ष घात हुन सक्छ । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रूपमा पोलियो विरुद्धको खोप लगाउनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पोलियो सङ्क्रमणले स्थायीरुपमा पक्षाघात भएकामध्ये ५ प्रतिशतदेखि १० व्यक्तिको मृत्यु समेत हुने गरेको छ ।
यति मात्रै होइन कोही एकजना व्यक्तिमा भाइरस रहेसम्म पोलियो फैलन सक्छ । त्यसैले सबै शंडकास्पद रोगीको खोजपड्ताल जाँच र अनुसन्धान अनिवार्य हुनुपर्छ । अतिशीघ्र लुलो पक्षघातको लक्षण १५ वर्षभन्दा कम उमेरका कुनै बालबालिकामा देखिए नजिकको स्वास्थ्य संस्थालाई तुरुन्त खवर गरि पोलियोको जाँच र अनुसन्धानमा सहयोग मन्त्रालय आग्रह गरेको छ ।
त्यसैले शिशुलाई सबै खोप मुख तथा सुइबाट समयमै दिनुपर्छ । नेपाल सरकारले पोलियो विरुद्धको खोप एफ।आई। पीभी १ वर्ष भित्रका बालबालिकाहरुका लागि १४ हप्ता र ९ महिनामा गरी २ मात्रा खुवाउदै आएको छ । यदि खोप लगाउन वा खुवाउन छुट भएमा ५ वर्षभित्रका सम्पूर्ण बालबालिकाहरूमा लागि ४ महिनाको फरकमा २ मात्रा दिनुपर्छ । अर्थात् १६ हप्ता खुवाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण