वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने
आइतबार, ०७ फागुन २०७९, १३ : ३७
काठमाडौं । वीर अस्पतालले ‘बर्न वार्ड’ सञ्चालन ल्याउने भएको छ । आगोले पोलेका बिरामीको उपचार गर्नका लागि वीर अस्तपालमा ‘बर्न वार्ड’ सञ्चालन गर्न लागिएको अस्पताल कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए ।
अवको तीन महिनाभित्र वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने उनको भनाइ छ । यसअघि वीर अस्पतालमा सो वार्ड सञ्चालन भएपनि विःस.२०७२ सालको भूकम्पले भवन भत्काएपछि जलन सम्बन्धी सेवा बन्द भएको थियो ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार एसिड आक्रमणमा परेमा पीडितहरुले देशका कुनै पनि अस्पतालमा आकस्मिक सेवा निःशुल्क लिन सक्छन् । स्वास्थ्य मन्त्रालयले उपचारका लागि चार अस्पताललाई तोकेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्तपाल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा उपचार गर्न सकिने मन्त्रालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण