अनेरास्ववियू स्थायी कमिटीको दोस्रो पूर्ण बैठक जारी
आइतबार, ०७ फागुन २०७९, १५ : १५
काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दिनसम्म चल्ने बैठकको उद्घाटन पार्टी अध्यक्ष माधव कुमार नेपालले गरेका छन् ।
बैठकमा विद्यार्थी संगठनका विविध विषयमा छलफल हुनेछ । त्यस्तै चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका विषयमा समेत छलफल हुने अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीले बताए ।
बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ भन्न नसकिने बताए । राष्ट्रपतिको चुनावबाट सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुने उनको भनाई छ । अहिलेको गठबन्धन धेरै नटिक्ने बताए ।
सत्ताधारी गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरू रहेकाले यो धेरै नटिक्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण