आगोमा जलेर गुल्मीमा एक जनाको मृत्यु
आइतबार, ०७ फागुन २०७९, १५ : ५२

गुल्मी । आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
आइतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए ।
घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए ।
पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको वडाध्यक्ष खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ