अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी
फैजाबाद । भारी वर्षाका कारण हिमपहिरो र बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छ भने सयौँ मानिस घरबारविहीन भएका छन् ।
प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले देशको उत्तरी बदख्सान प्रान्तको कोफाब जिल्लामा शनिबार दिउँसो भीषण वर्षा भएको जानकारी दिँदै जिल्लाको चान्टियो गाउँमा हिमपहिरो र बाढीले २० घर, २५ पसल र छ सय एकड जमिन पूर्णरुपमा ध्वस्त पारेको बताएका छन् ।
साथै उनले पीडित परिवारलाई सहयोग गर्न आह्वान गरेका छन् । विपद् पीडित परिवारलाई बेवास्ता गर्दा उक्त गाउँमा थप विपत्ति निम्तने चेतावनी उनले दिएका छन् ।
केही दिनअघिको भूकम्पले प्रान्तीय राजधानी फैजाबादमा र बाहिरका ७५ आवासीय घर ध्वस्त पारेको थियो । अफगानिस्तानमा पछिल्लो एक महिनामा भारी हिमपात र हिमपहिरोका कारण बालबालिकासहित करिब दुई सय जनाको ज्यान गएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण