‘ड्रेस टु इम्प्रेस’मा ४ फेसन डिजाइनर उत्कृष्ट
काठमाडौंँ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका ४ डिजाइनरले बेग्ला बेग्लै क्याटगोरीमा उत्कृष्ट डिजाइनरको उपाधि जितेका छन् । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा शनिबार अबेर साँझ सम्पन्न गरेको ‘ड्रेस टु इम्प्रेस’ फेसन शोको सातौँ सिजनमा ११० फेसन डिजाइनरले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिस्पर्धामा ‘फ्युचरिष्ट’ थिममा शिल्पा श्रेष्ठ, ‘अण्डरदसि’ थिममा रोश्ना टमाटार, ‘ब्ल्याक एण्ड बोल्ड’ मा सावित्रा देवी राई उत्कृष्ट डिजाइन बने । कार्यक्रममा ‘वाइल्ड लाइफ नेचुरल एण्ड टुरिजम’ अर्थात ‘वन्य जन्तु प्रकृति र पर्यटन’ थिममा अप्सना मियाँ उत्कृष्ट बनिन् । सबै विजेताले नगद सहित अवार्ड समेत हात पारे ।
अभिनेता प्रशान्त ताम्राकार, बुटिक एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष एवं युवा व्यवसायी उज्ज्वल कृष्ण श्रेष्ठ, फेसन डिजाइन रमेश महर्जन, अंकित मैत्य, दिलमाया मगर, ग्ल्यामर फोटो पत्रकार राजभाइ सुवाल र व्यवसायी कृष्णराज तिमिल्सिना प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
‘फेसन र मोडलिङको कम्बिनेशन’ मानिने ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगितामा अणफूले तयार पारेका पहिरन लगाएर डिजाइन आफै र्याम्पमा प्रस्तुत भएका थिए ।
डिजाइनरलाई फेसनको अलवा मोडलिङको समेत ज्ञान हुनुपर्छ भनेर डिजाइनरलाई नै र्याम्पमा उतारेको आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । कार्यक्रम कोरियोग्राफी विपना थापाले गरेकी थिइन् ।
आईआईएफटीले बिगत ८ बर्षदेखि फेसन डिजाइनर बन्न चाहनेका लागि डिप्लोमा र एड्भान्स कोर्ष दिँदै आएको छ ।
_N46DdZipq2.jpg)
_MXTUX4uheO.jpg)

_vqZmyCzt3v.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण