सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ड्रेस टु इम्प्रेस’मा ४ फेसन डिजाइनर उत्कृष्ट

आइतबार, ०७ फागुन २०७९, १७ : १२
आइतबार, ०७ फागुन २०७९

काठमाडौंँ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका ४ डिजाइनरले बेग्ला बेग्लै क्याटगोरीमा उत्कृष्ट डिजाइनरको उपाधि जितेका छन् । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा शनिबार अबेर साँझ सम्पन्न गरेको ‘ड्रेस टु इम्प्रेस’ फेसन शोको सातौँ सिजनमा ११० फेसन डिजाइनरले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धामा ‘फ्युचरिष्ट’ थिममा शिल्पा श्रेष्ठ, ‘अण्डरदसि’ थिममा रोश्ना टमाटार, ‘ब्ल्याक एण्ड बोल्ड’ मा सावित्रा देवी राई उत्कृष्ट डिजाइन बने । कार्यक्रममा ‘वाइल्ड लाइफ नेचुरल एण्ड टुरिजम’ अर्थात ‘वन्य जन्तु प्रकृति र पर्यटन’ थिममा अप्सना मियाँ उत्कृष्ट बनिन् । सबै विजेताले नगद सहित अवार्ड समेत हात पारे ।

अभिनेता प्रशान्त ताम्राकार, बुटिक एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष एवं युवा  व्यवसायी उज्ज्वल कृष्ण श्रेष्ठ, फेसन डिजाइन रमेश महर्जन, अंकित मैत्य, दिलमाया  मगर, ग्ल्यामर फोटो पत्रकार राजभाइ सुवाल र व्यवसायी कृष्णराज तिमिल्सिना प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

‘फेसन र मोडलिङको कम्बिनेशन’ मानिने ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगितामा अणफूले तयार पारेका पहिरन लगाएर डिजाइन आफै र्याम्पमा प्रस्तुत भएका थिए ।

डिजाइनरलाई फेसनको अलवा मोडलिङको समेत ज्ञान हुनुपर्छ भनेर डिजाइनरलाई नै र्याम्पमा उतारेको आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । कार्यक्रम कोरियोग्राफी विपना थापाले गरेकी थिइन् ।

आईआईएफटीले बिगत ८ बर्षदेखि  फेसन डिजाइनर बन्न चाहनेका लागि डिप्लोमा र एड्भान्स कोर्ष दिँदै आएको छ । 

1 (104)1 (182)IMG_07951 (575)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप