कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ
आइतबार, ०७ फागुन २०७९, १८ : ३६
धनगढी । कैलालीका चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका–४ रावत वडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको विनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर विक पक्राउ परेका हुन् ।
विकले चलाएको से.५प ८०३१ नम्बरको मोटरसाइकल पछाडि सवार खत्रीको झोलाबाट ७ फिट १० इन्च लम्बाई र चार फिट ७ इन्च चौडाइ भएको एक थान चितुवाको छाला र वन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित आइतबार दुवै जना पक्राउ परेका हुन् ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सास्ती: बजेट पनि छैन, खर्च पनि हुँदैन !
-
स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
-
दूधले साँच्चै बलियो बनाउँछ त हड्डी ?
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण