राष्ट्रपति निर्वाचनमा पौडेललाई अघि सार्ने तयारी
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने आकाङ्क्षा राख्दै आएकोएक नेताले बताए । ती नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासहित केही पदाधिकारी तथा पूर्वपदाधिकारी पौडेललाई नै अघि सार्न एकमत देखिएका छन् ।
फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दिने मिति निर्वाचन आयोगले तय गरेकाले कांग्रेसले ११ वा १२ गते पदाधिकारी / कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवार टुङ्गो लगाउने तयारी छ । 'राष्ट्रपति बन्न पार्टीमा धेरै नेता योग्य र सक्षम हुनुहुन्छ,' ती नेताले भने, 'तर हाम्रो ( कांग्रेस) बाट पौडेलजीलाई उम्मेदवार बनाउने एक प्रकारको समझदारी छ ।' पौडेललाई राष्ट्रपतिका रूपमा अघि सार्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि सकारात्मक हुने कांग्रेस नेताहरूको बुझाइ छ । माओवादीले राष्ट्रपतिमा सहयोग गर्नेमा आश्वस्त देखिएका कांग्रेसनिकट एक नेताले भने, 'प्रचण्ड ( पुष्पकमल दाहाल ) जीले कांग्रेसले उठाउने उम्मेदवारका विषयमा सभापतिसँग एकपटक छलफल गरेर पार्टीबाट निर्णय गर्ने पक्षमा हुनुहुन्छ ।' आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण