कर्मचारीलाई तलब नखुवाएको भन्दै प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको सम्पूर्ण उडान
काठमाडौँ । नेपाल नागरिक उड्यान प्राधिकरणले गुण एयरलाइन्सको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ ।
आर्थिक समस्यामा फसेको कम्पनीले कर्मचारीलाई तलब समेत खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर प्राधिकरणले एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।
‘लामो समयदेखि कर्मचारीलाई तलब खुवाउन नसकेको भन्ने जानकारीका आधारमा गुण एयरलाइन्समाथि अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएका छौं । यस्तो संवेदनशील विषय, एयरलाइन्सको उडान सुरक्षासँग जोडिने हुँदा एयरलाइन्समाथि प्रतिबन्ध लगाएका हौं’ नागरिक उड्यान प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले रातोपाटीसँग बताए ।
एयरलाइन्सले सबै कर्मचारीलाई तलब, सेवा सुविधा प्रदान गरेको यकिन पत्र प्राधिकरणमा पेश नगरेसम्म उडान प्रतिबन्ध नखुलाउने समेत निरौलाले जानकारी दिए । कम्पनीले सबै कर्मचारीको बक्यौता तलब भुक्तान गरेको र थप तलब सुविधा प्रदान गर्न समस्या नभएको पत्र पठाएपछि प्राधिकरणले अनुगमन गरेर एयरलाइन्स माथिको प्रतिबन्ध हटाउने समेत उनले रातोपाटीसँग बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण