मानव अधिकारकर्मी श्रेष्ठको निधनमा इन्सेकद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपालको मानव अधिकार आन्दोलनका अभिभावक एवम् वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. मथुराप्रसाद श्रेष्ठको निधनले दुःखी तुल्याएको इन्सेकले जनाएको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी शोक वक्तव्यमा डा. श्रेष्ठ नेपालको मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा सदा जीवित रहने उल्लेख छ ।
‘नेपालको बाम–प्रजातान्त्रिक आन्दोलनका योद्धा डा. श्रेष्ठले २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि बनेको अन्तरिम मन्त्रीमण्डलमा बाममोर्चाको प्रतिनिधित्व गर्नु भएको थियो’, वक्तव्यमा उल्लेख छ । २०६२–०६३ को जनआन्दोलनमा गणतन्त्र–संविधानसभा अभियानको नेतृत्व गर्दै देशका विभिन्न भूभागको भ्रमण गरी आन्दोलनप्रति वातावरण तयार पारेका श्रेष्ठले नेपाललाई नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्रलगायतका अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्षराष्ट्र बनाउन उनले उल्लेखनीय भूमकिा निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण