प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा पाँच जना पक्राउ
सोमबार, ०८ फागुन २०७९, १७ : ४८
रौतहट । गौर नगरपालिका-६ स्थित बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा चपुर ५ जना पक्राउ परेका छन् । सोही नगरपालिका-४ बस्ने २० वर्षीय सुदर्शन साहलगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त बसपार्कमा छरिएर रहेका सवारी साधनहरू व्यवस्थापन गर्ने क्रममा ग.१ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेकोले नियन्त्रणमा लिएको बिषयलाई लिएर अन्य व्यक्तिहरूले प्रहरीमाथि गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप ४ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण