मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

यी लक्षण देखियो ? स्तन क्यान्सर हुनसक्छ

मङ्गलबार, ०९ फागुन २०७९, १२ : ११
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौं । नेपालमा स्तन क्यान्सरका बिरामी बढ्दै गएको चिकित्सकहरु बताउँछन् । स्तन क्यान्सर भएको समयमै पहिचान गर्न सकिएन भने ज्यान समेत जान सक्छ । अन्य क्यान्सरभन्दा स्तन क्यान्सर भएको सजिलै थाहा पाउन सकिने चिकित्सकहरु बताउँछन् । क्यान्सरको समयमै पहिचान गर्न सके सफल उपचारको सम्भावना बढी हुन्छ । अन्य अंगमा लाग्ने क्यान्सरभन्दा स्तन क्यान्सर बारे महिलाहरू जानकार रहन सक्ने सक्छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार स्तन क्यान्सरका लक्षण यस्तो हुन्छ–

–स्तनबाट असामान्य रूपले दूध, पानी अथवा रगत आउनु

–स्तनको मुन्टोमा असाधारण परिवर्तन हुनु

–स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु

–स्तन हाडनोर्नीमा पीडा हुनु,

–स्तनमा घाउ हुनु

–शरीरको तौल घट्दै जानु

–स्नतको छाला खुइलिनु अथवा रङ्ग परिवर्तन हुनु

–लामो समयसम्म खोकी लाग्नु

–लामो समयसम्म घाँटी दुख्नु

–पेट लामोसमयसम्म गडबडी हुनु

–चोटपोटक लागेमा चाँडो निको नहुनु 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप