बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या १० हजार नाघ्यो

मङ्गलबार, ०९ फागुन २०७९, १२ : १७
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको सङ्ख्या ३२ हजार नाघेको छ । काउन्सिलमा दर्ता हुनेको सङ्ख्या ३२ हजार ३१८ पुगेको रजिष्ट्रार डाक्टर कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । यस्तै, नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार नाघेको छ ।

उनका अनुसार विशेषज्ञता हासिल गर्ने चिकित्सक १० हजार ८० पुगेको हो । जसमध्ये १ हजार ८० जनाले इन्टरनल मेडिसिन विशेषज्ञ चिकित्सकको रुपमा काउन्सिलमा दर्ता गराएका छन् ।

यस्तै, ९ सय ९४ जनाले स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा नाम दर्ता गराउँदा जनरल सर्जरीमा ९ सय ४७, अर्थोपेडिक्समा ८०५, पेडियाट्रिकमा ७८१ जनाले  विशेषज्ञको रुपमा दर्ता गराएका छन् । यस्तै रेडियोलोजी तथा इमेजिङ, लगायतमा विषेशज्ञता हासिल गर्ने चिकित्सकको दर पनि बढेको काउन्सिलको आँकडाले देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप