नेपालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या १० हजार नाघ्यो
मङ्गलबार, ०९ फागुन २०७९, १२ : १७
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको सङ्ख्या ३२ हजार नाघेको छ । काउन्सिलमा दर्ता हुनेको सङ्ख्या ३२ हजार ३१८ पुगेको रजिष्ट्रार डाक्टर कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । यस्तै, नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार नाघेको छ ।
उनका अनुसार विशेषज्ञता हासिल गर्ने चिकित्सक १० हजार ८० पुगेको हो । जसमध्ये १ हजार ८० जनाले इन्टरनल मेडिसिन विशेषज्ञ चिकित्सकको रुपमा काउन्सिलमा दर्ता गराएका छन् ।
यस्तै, ९ सय ९४ जनाले स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा नाम दर्ता गराउँदा जनरल सर्जरीमा ९ सय ४७, अर्थोपेडिक्समा ८०५, पेडियाट्रिकमा ७८१ जनाले विशेषज्ञको रुपमा दर्ता गराएका छन् । यस्तै रेडियोलोजी तथा इमेजिङ, लगायतमा विषेशज्ञता हासिल गर्ने चिकित्सकको दर पनि बढेको काउन्सिलको आँकडाले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण