औषधि सेवन र विक्री गर्नेले के–के कुरामा ध्यान दिनुपर्छ ?
काठमाडौँ । कुनै पनि औषधि सेवन गर्नुभन्दा पहिला सो औषधिबारे जानकारी लिन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । औषधि मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण भएसँगै यसको सेवन अघि विभिन्न कुरामा ध्यान दिन आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।
औषधि प्रयोगकर्ताले ध्यान दिनुपर्ने कुरा:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार औषधि प्रयोगकर्ताले निम्न कुरामा ध्यान दिन जरुरी हुन्छ ।
–औषधि खाने समय र त्यसको मात्रा थाहा पाउनुपर्छ ।
–चिकित्सकको सल्लाह अनुसारमात्र औषधिको सेवन गर्नुपर्छ ।
–औषधिको सुरक्षित प्रयोग गर्नुपर्छ ।
–बिरामी सुरक्षाको प्रत्याभूत गर्नुपर्छ ।
औषधि सेवन गर्नेले मात्रै सावधानी नअपनाएर औषधि विक्री वितरण गर्ने स्वास्थ्यकर्मीले बिरामी र औषधिबारे जानकारी दिएरमात्र उपलब्ध गराउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
–स्वास्थ्यकर्मीले बिरामीलाई औषधि दिनुअघि आफूले बिरामीलाई दिने औषधिको बारे विस्तृत रूपमा थाहा पाउनु पर्छ ।
–सो औषधि सेवन गर्न किन जरुरी छ भनेर बिरामीलाई बुझाउन आवश्यक छ ।
–बिरामीले सही औषधि मात्रा तरिका र समयमा प्रयोग गर्नेबारे बुझेको वा नबुझेको बारे सम्बन्धित स्वास्थ्यकर्मीले यकिन दिलाउनुपर्छ ।
–औषधिबारे सम्भावित साइड इफेक्टबारे बिरामीलाई जानकारी दिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण