शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

औषधि सेवन र विक्री गर्नेले के–के कुरामा ध्यान दिनुपर्छ ?

मङ्गलबार, ०९ फागुन २०७९, १६ : ४६
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । कुनै पनि औषधि सेवन गर्नुभन्दा पहिला सो औषधिबारे जानकारी लिन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । औषधि मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण भएसँगै यसको सेवन अघि विभिन्न कुरामा ध्यान दिन आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।

औषधि प्रयोगकर्ताले ध्यान दिनुपर्ने कुरा:

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार औषधि प्रयोगकर्ताले निम्न कुरामा ध्यान दिन जरुरी हुन्छ ।

–औषधि खाने समय र त्यसको मात्रा थाहा पाउनुपर्छ ।

–चिकित्सकको सल्लाह अनुसारमात्र औषधिको सेवन गर्नुपर्छ ।

–औषधिको सुरक्षित प्रयोग गर्नुपर्छ ।

–बिरामी सुरक्षाको प्रत्याभूत गर्नुपर्छ ।

औषधि सेवन गर्नेले मात्रै सावधानी नअपनाएर औषधि विक्री वितरण गर्ने स्वास्थ्यकर्मीले बिरामी र औषधिबारे जानकारी दिएरमात्र उपलब्ध गराउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

–स्वास्थ्यकर्मीले बिरामीलाई औषधि दिनुअघि आफूले बिरामीलाई दिने औषधिको बारे विस्तृत रूपमा थाहा पाउनु पर्छ ।

–सो औषधि सेवन गर्न किन जरुरी छ भनेर बिरामीलाई बुझाउन आवश्यक छ ।

–बिरामीले सही औषधि मात्रा तरिका र समयमा प्रयोग गर्नेबारे बुझेको वा नबुझेको बारे सम्बन्धित स्वास्थ्यकर्मीले यकिन दिलाउनुपर्छ ।

–औषधिबारे सम्भावित साइड इफेक्टबारे बिरामीलाई जानकारी दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप