देव यू–१९ टोलीको कप्तान नियुक्त
मङ्गलबार, ०९ फागुन २०७९, २१ : १६
काठमाडौँ । देव खनालले यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको कप्तानी गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक विज्ञप्ति निकाल्दै देवलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।
क्यानले राष्ट्रिय टोलीका खेलाडी गुलशन झालाई यसअघि कप्तानीको जिम्मेवारी दिएको थियो ।
गुलशन नेपाली राष्ट्रिय टोलीले लिग २ अन्तर्गत यूएईमा सिरिज खेल्न जाने भएका कारण क्यानले उनको ठाउँमा देवलाई जिम्मेवारी दिएको हो ।
यू–१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् ।
नेपालसहित सिङ्गापुरपुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएई सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले सिङ्गापुरसँग फागुन १२ गते प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण