सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा महन्थका लागि सहयोग माग्न लोसपाका नेता पुगे देउवा निवास

बुधबार, १० फागुन २०७९, १० : ३३
बुधबार, १० फागुन २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् । राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्न प्रस्ताव लिएर लोसपा नेताहरू देउवासँग छलफल गर्न धुम्बाराही पुगेका हुन् ।

लोसपका नेताहरू हिजो मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । 

आज नेताहरू सभापति देउवा निवासमा छलफलका लागि पुगेका छन् । देउवासँगको छलफलमा लोसपा अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी छन् । राष्ट्रपतिमा कांग्रेस र एमालेले एक अर्काको उम्मेदवार स्वीकार नगर्ने परिस्थिति बनेको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति जुट्ने नेता सुरेन्द्र झाले बताए ।

 ‘उहाँ माओवादी, कांग्रेस र एमालेका लागि स्वीकार्य व्यक्ति हो । गणतन्त्र र सङ्घीयतामा प्रधानमन्त्रीजीसँग स्प्रीड मिल्छ भने कांग्रेसमा उहाँले लामो समय राजनीति गर्नु भएको छ,’ नेता झा भन्छन्, ‘ओलीजीलाई विगतमा गुन लगाउनु भएको छ । उहाँको नाममा राष्ट्रिय सहमति भन्ने परिस्थिति बन्दै गएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप