अमेरिकाबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमान स्विडेनमा आपत्कालीन अवतरण
बुधबार, १० फागुन २०७९, ११ : ४४
अमेरिकाबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान स्विडेनमा आपत्कालीन अवतरण भएको छ । अमेरिकाको नेवार्क (न्यु जर्सी)बाट करिब तीन सय यात्रु बोकेर दिल्लीका लागि उडेको एयर इन्डियाको ‘एआई–१०६’ उडानलाई स्टक होम (स्विडेन)मा आकस्मिक अवतरण गर्नुपरेको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार विमानको एउटा इन्जिनबाट तेल चुहिएपछि आपत्कालीन कदम चाल्दै विमानलाई स्टक होमतर्फ मोड्नुपरेको थियो । आकस्मिक अवतरणलाई ध्यानमा राख्दै स्टक होम एयरपोर्टमा धेरै फायर इन्जिनहरू तैनाथ गरिएको बताइएको छ ।
तर, क्षतिको कुनै पनि खबर भने आएको छैन । विमानमा सवार सबै यात्रु सकुशल रहेको दाबी गरिएको छ ।
Air India flight from Newark to Delhi diverted to Stockholm due to oil leak in one of engines: Senior official
— Press Trust of India (@PTI_News) February 22, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले अल जजिरा च्यानलमाथि लगायो प्रतिबन्ध
-
मुख्यमन्त्रीमा केदार कार्की नरहने कांग्रेसको निष्कर्ष, अदालत गए सहयोग गर्ने
-
विकास निर्माणको काम गर्न पूर्वाधार निर्माण कम्पनी बनाउनुपर्छ: मन्त्री गिरी
-
कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिविका प्राध्यापकको निधन
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
रुसले जेलेन्स्कीलाई राख्यो वान्टेडको सूचीमा