अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने व्यक्ति पक्राउ
बुधबार, १० फागुन २०७९, १७ : ५२
_46VtT9idqc.jpg)
काठमाडौँ । अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक गाती घर भइ हाल भक्तपुरको पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङ रहेका छन् ।
उनले सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने प्रलोभनमा पारी ठगी गर्न कार्यमा संलग्न रहेको उजुरी पछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौँको गोकर्णबाट नियन्त्रणमा लिई ठगी मुद्दामा वृत्त बौद्धबाट आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको जनाइएको छ । तामाङले माघ २६ गते साँखुमा अमेरिकी डलर देखाई चार लाख मात्र० लुटपाट गरी फरार भएको खुल्न आएको छ । उनले अन्य व्यक्तिलाई पनि ठगेको हुनसक्ने भन्दै प्रहरीले जानकारी दिनका लागि अनुरोध समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश
-
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
-
चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
-
१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी
-
एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र