अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने व्यक्ति पक्राउ
बुधबार, १० फागुन २०७९, १७ : ५२
काठमाडौँ । अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक गाती घर भइ हाल भक्तपुरको पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङ रहेका छन् ।
उनले सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने प्रलोभनमा पारी ठगी गर्न कार्यमा संलग्न रहेको उजुरी पछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौँको गोकर्णबाट नियन्त्रणमा लिई ठगी मुद्दामा वृत्त बौद्धबाट आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको जनाइएको छ । तामाङले माघ २६ गते साँखुमा अमेरिकी डलर देखाई चार लाख मात्र० लुटपाट गरी फरार भएको खुल्न आएको छ । उनले अन्य व्यक्तिलाई पनि ठगेको हुनसक्ने भन्दै प्रहरीले जानकारी दिनका लागि अनुरोध समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण