शाखा कार्यालयहरुबाटै बीमाको दाबी भुक्तानी दिने प्रबन्ध गर्दैछौं : अध्यक्ष सिलवाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताएका छन् ।
नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बुधबार रुपन्देहीको बुटवलमा उद्योगी व्यवसायीसँग भएको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
सो अवसरमा अध्यक्ष सिलवालले न्यूनतम कागजातको व्यवस्था गरी बीमितलाई छिटोछरितोरुपमा बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन समेत दिइएको बताए । साथै दुर्घटना बीमाको बीमाङ्क वृद्धिका सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरेर आवश्यक प्रक्रिया अगाडि बढाइने समेत उनले बताए ।
बीमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणले प्रदेश सरकार र स्थानीय सरकारसँगको बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका प्रदेश कार्यालयहरुबाट बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापनका साथै बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण लगायतका कार्यहरु हुँदै आएको जानकारी दिए ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले बीमकले बीमितलाई नभई बीमितले बीमक खोज्ने परिस्थिति सिर्जना गर्नका लागि बीमा कम्पनीहरु समेत अग्रसर हुनुपर्ने, काठको बीमाका सम्बन्धमा नीतिगत व्यवस्था गर्नुपर्ने, दुर्घटना बीमाको बीमाशुल्क बढाएर मानवीय क्षतिको विद्यमान बीमाङ्क बृद्धि गर्नुपर्ने, बीमा दाबी भए बमोजिम दाबी भुक्तानी हुनुपर्ने, बीमा सचेतना एवम् बीमा शिक्षालाई सामूहिकरुपमा अगाडि बढाउनुपर्ने, बीमा सर्भेयरबाट छिटो प्रतिवेदन बुझाउने अनिवार्य व्यवस्था गरी छिटै दाबी फछ्र्यौट गरिनुपर्ने लगायतका धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण