स्ववियु निर्वाचनमा सशक्त भएर सहभागी हुने अनेरास्ववियूको निर्णय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले आसन्न स्ववियु निर्वाचनमा सशक्त रूपमा सहभागी हुने भएको छ। फागुन ७ र ८ गते बसेको अनेरास्ववियूको स्थायी कमिटीको दोश्रो पूर्ण बैठकले स्ववियु निर्वाचनको स्वागत गर्दै सशक्त रूपमा भाग लिने निर्णय गरेको हो।
बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुदेश पराजुलीले शैक्षिक माफियाकरणका विरूद्वमा स्ववियु निर्वाचन हुने र त्यसमा आफ्नो संगठन सशक्त रूपमा सहभागी हुने बताए।
अनेरास्ववियूले स्ववियु निर्वाचन पहिलो पटक फेस गर्न लागेको हो। उक्त निर्वाचनलाई निकै गम्भीर रूपमा लिएको उनको भनाइ छ। स्ववियु निर्वाचनमा अन्य दलहरूसँग पनि तालमेल गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ। त्यसका लागि तालमेल गर्नेबारे स्थानीय क्याम्पस कमिटीले दिएको सुझाबका आधारमा निर्णय गरने उनको भनाइ छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण