राष्ट्रपति कांग्रेसलाई दिँदा राष्ट्रिय सहमति हुन्छ : मन्त्री किराती
बिहीबार, ११ फागुन २०७९, १७ : ३०
भोजपुर । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताएका छन् । गृह जिल्ला भोजपुरमा सञ्चारकर्मीहरुसंँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रपति कांग्रेसबाट बनाएमा राष्ट्रिय सहमती हुने बताए ।
माओवादीले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उप–सभामुख लिइसकेकाले अब कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीले उपराष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने किरातीको दाबी छ ।
मन्त्री किरातीले भने, ‘राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, जनताको स्थिति, निर्वाचनबाट प्राप्त जनादेशले र संविधानको भावना राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक भएको हुनाले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्नुपर्छ ।’ राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम भएमा देशलाई निकास दिन सकिने किरातीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण