जनकपुरधामको शिक्षा स्वास्थ्यको अवस्था खस्कियो : पूर्वराष्ट्रपति यादव
धनुषा । पूर्वराष्ट्रपति डा रामवरण यादवले जनकपुरधामको पर्यावरण, शिक्षा र स्वास्थ्य अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनकपुरधाममा आजदेखि सुरु भएको तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’को उद्घाटन गर्दै उनले यसप्रति ध्यान दिन सरोकारवाला सबैमा आग्रह गरे ।
पूर्वराष्ट्रपति यादवले जनकपुरधामका शैक्षिक संस्थाहरुको गुणस्तर विगतमा अन्यत्रभन्दा राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरे । “अवस्थामा सुधार ल्याउन सबै मिलेर अगाडि बढ्नुपर्छ”, उनले भने–“यहाँको संस्कृति र सभ्यता निर्माणमा सबैको महत्वपूर्ण योगदानको आवश्यकता छ ।”
पूर्वराष्ट्रपति यादवले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्रकै लागि समर्पित गरेको उल्लेख गरे । उनले भने, “युवा पुस्ता लोकतन्त्र बचाउन सक्रिय हुनुपर्छ ।” पूर्वराष्ट्रपति यादवले लोकतन्त्र आठ दशकको उपलब्धि रहेकाले यसलाई सबैले चनाखो भएर बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताए ।
आजदेखि साहित्य महोत्सव सुरु
जनकपुरधाममा आजदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’ सुरु भएको छ । महोत्सवको चौथो संस्करण १३ गतेसम्म चल्ने छ । विसं २०७६ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, सङ्गीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले बताए ।
साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा दिनसम्म देशभरिका ख्याति प्राप्त स्रष्टाको सहभागिता रहने छ । फागुन १३ गते भारतकी चर्चित गायिका मैथिली ठाकुरले पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण