गुठिचौर गाउँपालिकाले बालबालिकाका सवाल सम्बोधन गर्न बनायो पञ्चवर्षीय रणनीतिक योजना
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा बालबालिकाका सवाल सम्बोधन गर्न पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरिएको छ । गाउँपालिकाले दुई दिने कार्यशाला गोष्ठी मार्फत पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरेको हो ।
कार्यशालामा सहभागी सरोकारवालाले आगामी दिनमा पालिकाभित्र बालबालिका सम्बन्धी काम गर्ने जुनसुकै निकाय तथा संघसंस्थाहरूले यसलाई आधार मानेर काम गर्नुपर्नेमा जोड दिए । गाउँपालिकाले सबै वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने विषयमा पनि छलफल गरेको छ । यसका लागि आवश्यक सबै सूचकहरू पूरा भए नभएको बारे अनुगमन गरिने गाउँपालिकाकाले जनाएको छ ।
पालिकाले सूचकहरुबारे अनुगमन गरिसकेपछि जिल्ला समन्वय समितिलाई अनुगमन गर्न पत्र पठाउने र सम्पूर्ण सरोकारवाला, निकाय र पालिकास्तरका साझेदार संघसंस्थासमेतलाई कामको जिम्मेवारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।
उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न सकेमात्र देश विकासको आधार निर्माण हुने भन्दै पालिकाभित्रका बालबालिकाको अधिकार सुनिश्चित गर्न अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, संचारकर्मी, संघसंस्थाका प्रतिनिधि, आम नागरिक सबै सचेत भएर अघि बढ्नुपर्ने बताए ।
बालबालिकालाई श्रम गराउने, शिक्षाबाट वञ्चित गराउने, विभिन्न कार्यमा खटाउने, लागूपदार्थ दुर्व्यसन र मादक पदार्थ किनबेच तथा प्रयोगमा सामेल गराउने जस्ता अवाञ्छित क्रियाकलापलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
कार्यशाला गुठिचौर गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा भएको फिल्डसुपरभाइजर रामशंकर दवाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
-
जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
-
प्राकृतिक विपद्मा परेर ४६२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण