नेटफ्लिक्सले ३० देशमा घटायो आफ्नो सदस्यता शुल्क
शुक्रबार, १२ फागुन २०७९, १४ : २०
भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले ३० भन्दा बढी देशहरूमा आफ्नो सदस्यता शुल्क घटाएको छ । मूल्य घटाउने देशमा मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, फिलिपिन्स, क्रोएसिया, भेनेजुएला, केन्या र इरान पर्छन् ।
बढ्दो मुद्रास्फीति र बजारमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेटफ्लिक्सले यस्तो निर्णय गरेको हो । कम्पनीका प्रवक्ताले बीबीसीलाई भने, ‘मनोरञ्जनका लागि आज मानिसहरूसँग जति विकल्प छ, त्यो कहिल्यै थिएन ।’
उनले भने, ‘हामी सदस्यता लिने सदस्यहरूको अनुभव सुधार गर्ने तरिकाहरू र अवसरहरू खोज्न जारी राख्छौँ । केही देशमा हामीले मूल्य घटाइरहेको कुरा हामी पुष्टि गर्छौँ ।’
नेटफ्लिक्स १९० देशहरूमा सञ्चालन हुन्छ र बजारमा एमेजन, एचबिओ एन्ट डिज्नी, सोनीजस्ता स्ट्रिमिङ प्लेटफर्म यसको ठूला प्रतिद्वन्द्वी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण