शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी

शुक्रबार, १२ फागुन २०७९, १५ : ५८
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी भएको छ । समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटाइजेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पे ले गर्नेछ ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ । 

भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवर्द्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप