एक चौथाई पनि सांसद नबसेपछि प्रतिनिधिसभा बैठक स्थगित
शुक्रबार, १२ फागुन २०७९, १८ : १०
काठमाडौँ । गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८ माथि सांसदहरुले धारणा राख्ने क्रममा सभाहल लगभग खाली अवस्थमा थियो । सांसद संख्या थोरै देखेपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले बिधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपुरक संख्या नभएको बताए ।
सांसद लेखकले सो कुरा उठाएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिका सचिवलाई ३ मिनेट घण्टी बजाएर संख्या एकिन गर्न निर्देशन दिए । सांसदहरुको गणना गर्दा एक चौथाई सांसद पनि सभाहलमा नरहेको पाइयो । गणपुरक अर्थात एक चौथाई सांसद ६९ जना हुनुपर्नेमा सो भन्दापनि १९ जना कम ५० जनामा मात्र भएकोले सभा स्थगित गरे । उनले अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण