मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मेडिकल काउन्सिलमा व्यावसायिक आचारसंहिता उल्घंनसम्बन्धी ६६ वटा उजुरी

शुक्रबार, १२ फागुन २०७९, १८ : १७
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा व्यावसायिक आचारसंहिता सम्बन्धी ६६ वटा उजुरी परेका छन् । काउन्सिलका रजिष्ट्रार डा.कृष्ण प्रसाद अधिकारीका अनुसार सन् २०२२ मा व्यावसायिक आचारसंहिता सम्बन्धी ६६ वटा उजुरी परेका हुन् ।  

जसमध्ये २० वटा उजुरीको विषयमा काउन्सिलले निर्णय गरेको छ । निर्णय भएका उजुरीमध्ये ५ वटामा कारबाही गर्नु नपर्ने, ३ वटामा चिकित्सकलाई सचेत गराइएको थियो । 

यस्तै, ४ वटामा अस्पताललाई निर्देशन दिइएको छ ।  ६ वटामा थप कारबाहीको दायरामा ल्याउनु पर्ने देखिएको उनले बताए । २ वटा उजुरीमा केन्द्रीय अनुसन्धान ब्युरो मार्फत कारबाही  गर्नुपर्ने देखिएको  रजिष्ट्रार डा अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप