बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियत र ओजको सम्मान हुनुपर्छ : नैनसिंह महर

शुक्रबार, १२ फागुन २०७९, १८ : ३९
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने धारणा राखेका छन् ।

नेपाली कांग्रेस कास्कीको आयोजनामा 'स्ववियु निर्वाचन सन्दर्भमा स् कांग्रेस र भातृ संस्थाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी दिनमा देखिनसक्ने चुनौतीको समेत आँकलन गर्नुपर्ने बताए।

'कांग्रेस सधैँ मुलुकको हितमा काम गर्छ। यस पटक पनि हामीले राजनीतिक स्थायित्व खोजिरहेका छौं। प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पनि राजनीतिक स्थायित्वको खोजी नै हो,' महरले भने, 'यो कुरामा मुलुकका अन्य ठूला दल पनि गम्भीर बन्नुपर्छ। यस पटक राष्ट्रपति सहमतिको आधारमै कांग्रेसले पाउनुपर्ने हो ।'

उनले कांग्रेसले मुलुकको हितका लागि कार्यकारी पद लामो समयका लागि गुमाउँदा आफू संसदको सबभन्दा ठुलोदल भएको र भोलि जनतालाई दिने जवाफको हेक्का राख्न समेत उनले पार्टी नेतृत्वलाई आग्रह  गरे ।

महरले स्ववियु निर्वाचन नजिकिँदै गर्दा यो  स्ववियु  मिनी संसद् भएकोले यसको निर्वाचनमा विना गठबन्धन सफलता हातपार्नु नेविसंघ र कांग्रेसको प्रतिष्ठाको विषय बन्नुपर्ने बताए । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विश्व विद्यालय र क्याम्पसहरूमा अनियमितता बढेको उनको गुनासो छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप