शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरमा आगलागीमा परी दुई बालकको ज्यान गयो

शुक्रबार, १२ फागुन २०७९, २० : ५१
शुक्रबार, १२ फागुन २०७९

पाँचथर । पाँचथरमा आगलागीमा परी दुई बालकको ज्यान गएको छ । हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको हो । परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा आज दिउँसो अन्दाजी ४ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागीमा मतान घरको माथिल्लो तलाको कुनामा पहिचान हुन नसक्ने अवस्थामा बालकहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । आगलागीमा मतान घर पूर्णरूपमा जलेको छ । आगलागीको कारण खुलेको छैन । मृतक फिदिम–५ का बालक मावली घर गएको बुझिएको छ । घटनाको विस्तृत विवरण आएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप