शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

के ग्रिन कफी पिउँदा साँच्चै तौल घट्छ ? विशेषज्ञ के भन्छन् ?

शनिबार, १३ फागुन २०७९, ०९ : ०७
शनिबार, १३ फागुन २०७९

पछिल्ला केही वर्षयता मानिसमा ग्रिन कफी पिउने चलन निकै बढेको छ । तौल घटाउने योजनामा रहेका मानिसहरूलाई यो बढी मन पर्छ । ग्रिन कफी वास्तवमा काँचो कफी बीन्सबाट बनाइन्छ । भनिन्छ, ग्रिन कफीमा क्लोरोजेनिक एसिड पाइन्छ, जुन तौल घटाउनका लागि फाइदाजनक हुन्छ । क्लोरोजेनिक एसिड भएका कारण, धेरै मानिसहरूले आफ्नो बिहानको सुरुदेखि राती सुत्दासम्म धेरै पटक ग्रिन कफी खाने गर्छन्  । १० मध्ये ९ मानिसले साथीको सल्लाह, टिभी विज्ञापन वा अनलाइन भिडियो हेरेको कफी पिउन थाल्छन् । यसो गर्दा तौल घट्छ भन्ने उनको सोच छ । के ग्रिन कफी पिउँदा साँच्चै तौल घट्छ ? यस प्रश्नको जवाफ थाहा पाउन एक भारतीय सञ्चार माध्यमले डाइटिशियन पूजा सिंहसँग कुरा गरेको छ ।

के ग्रिन कफीले तौल घटाउन मद्दत गर्छ ?

हरियो कफीमा भिटामिन र मिनरल्स पाइने आहारविद् पूजा सिंहले बताइन् । यी दुवै पोषक तत्त्व स्वास्थ्यको दृष्टिले निकै लाभदायक मानिन्छन् । यसबाहेक हरियो कफीमा पाइने क्लोरोजेनिक एसिडले शरीरको बोसो घटाउन मद्दत गर्छ, जसका कारण तौल घट्छ । आहारविद्हरू भन्छन् कि यदि निश्चित मात्रामा ग्रिन कफी नियमित रूपमा पिउने हो भने यसले तौल घटाउन मद्दत गर्दछ ।

तौल घटाउनको लागि ग्रिन कफी कहिले पिउने ?

बढ्दो तौललाई रोक्न बिहान खाली पेटमा ग्रिन कफी पिउने सल्लाह दिइन्छ । यसबाहेक दिउँसोको खाजा र बेलुका स्न्याक्ससँगै हरियो कफी पनि खान सक्नुहुन्छ । ग्रिन कफी सेवन गर्दा ध्यान दिनुहोस् कि तपाईँले यसलाई पिउनुभएको १ घण्टासम्म केही पनि खानु हुँदैन । ग्रिन कफी पिएपछि तुरुन्तै केही खानुभयो भने त्यसले खासै असर गर्दैन ।

weight lossग्रिन कफी पिउँदा अपनाउनुपर्ने सावधानीहरू

ग्रिन कफीले तौल घटाउनुका साथै यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ तर यसको बढी सेवन गरे यसले शरीरको ब्लड सुगर कम हुने गर्छ । रगतमा चिनीको मात्रा धेरै नै कम भयो भने यसले तपाईँलाई धेरै स्वास्थ्य समस्याहरूबाट गुज्रनुपर्ने हुन सक्छ । आहारविद्का अनुसार दिनमा २ कपभन्दा बढी ग्रिन कफी पिउनु हुँदैन ।

ग्रिन कफीसँगै यी चीजहरू पनि आवश्यक छन्

ग्रिन कफी मात्र सेवन गरेर तौल नियन्त्रण वा घटाउन नसकिने आहारविद्हरू बताउँछन् । ग्रिन कफीको साथ नियमित आहार, व्यायाम र शारीरिक गतिविधि बढाएर मात्र तौल घटाउन सकिन्छ । पूजा सिंह भन्छिन्, ‘यदि कुनै व्यक्तिले दिनमा २ देखि ३ कप ग्रिन कफी खाएपछि तौल घट्छ भन्ने लाग्छ भने त्यो भ्रम हो । तौल घटाउनका लागि बिहान उठेर कफीको सेवनसँगै व्यायाम र योग गर्नुपर्छ । यसबाहेक मानिसले आफ्नो खानपानमा पनि धेरै परिवर्तन गर्नुपर्छ, तब मात्र तौल घटाउन सकिन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप