बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०,००० नाघ्यो

शनिबार, १३ फागुन २०७९, ११ : ४७
शनिबार, १३ फागुन २०७९

यस महिना टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ । टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४,२०० नाघेको जनाएको छ । जबकि सिरियामा यसका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी भवन या त ध्वस्त भएका छन् वा नराम्रोसँग चर्किएका छन् । 

फेब्रुअरी ६ मा टर्की र सिरियामा दुई वटा शक्तिशाली भूकम्प गएको थियो ।

turkey_syria

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप