देव र अर्जुनको शतकमा नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य
अर्जुन कुमाल र देव खनालको शतकको सहयोगमा नेपालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ ।
मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनायो ।
नेपालका लागि देव खनालले नट आउट १२५ रनको शतकीय पारी खेले । ११७ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै अर्जुन कुमालले १०८ रनको शतकीय पारी खेले । ११२ बल खेलेका उनले १२ चौका प्रहार गरे ।
विशाल विक्रम केसीले २३ रन बनाउँदा दीपक बोहराले १९ रनको योगदान गरे ।
यता कुवेतका लागि हेनरी थोमस र अर्श साहिलले दुई विकेट लिए । आजको खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको थियो ।
कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।
नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण