नेपाली दूतावास जर्मनीले पोल्यान्डमा ३ दिने घुम्ती सेवा दिने
पोल्यान्ड । नेपाली दूतावास जर्मनीले पोल्यान्डको राजधानी वार्सामा बसोबासरत नेपालीका लागि ३ दिने घुम्ती टोली सञ्चालन गर्ने भएको छ।
१ अप्रिल बुधवारदेखि अप्रिल ३ सम्म टोली रहने र सो क्रममा ३१ मार्च २०२४ सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्नका सहजीकरण हुने नेपाली दूतावास जर्मनीले जानकारी दिएको छ।
दूतावासले घुम्ती टोलीका लागि उपयुक्त स्थानको प्रबन्धको मिलाउन अनुरोध गरे अनुसार वार्सास्थित म्यारिट होटल पछाडि टाइटस चाउविन्स्की -८ को दसौँ तलामा व्यवस्था गरिएको एनआरएनए पोल्यान्डका महासचिव पवन खड्काले बताए।
उनले पासपोर्टका लागि अनलाइन फारम भर्न तथा बायोमेट्रिकको समय लिनका लागि कुनै समस्या भए एनआरएनए पोल्यान्डमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
जर्मनीस्थित नेपाली दूतावासको पोल्यान्ड, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हङ्गेरी, रोमानिया, बुल्गेरिया, युक्रेन र भ्याटिकन सिटी (होलीसी) समेत कार्यक्षेत्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागी पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण