बुढासुब्बा गोल्डकपःधरान युनाइटेड खार्साङसँग टाइब्रेकरमा पराजित
धरान । २३ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाहुना टोली युनाइटेड खार्साङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित हुँदै धरान प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिस्पर्धात्मक खेलमा खार्साङसँग धरान टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित भयो । २२ औं संस्करणमा पनि खार्साङसँग टाइब्रेकरमा नै धरान पराजित भएको थियो । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा धरानका रिवस मास्केको प्रहार खार्साङका गोल किपर मनोज प्रधानले रोकेपछि धरान पराजित भएको थियो ।
खार्साङका लागी आकाश प्रधान, सुब्रतो सोरेन, सिद्धान्त क्षेत्री, साहिल साही र क्याप्टेन राज राउतले गोल गरे । धरानकालागी दोर्जे शेर्पा, मदन लाबुङ र रोमन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच खार्साङका गोल किपर मनोज प्रधान घोषित भए । उनलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो । उद्घाटन खेलको म्यान अफ द म्याचलाई द ब्याण्ड अफ ब्रिगेड गोर्खाले २५ हजार रुपैया पुरस्कार दिएको थियो भने नगद १० हजार धरान फुटबल क्लबले प्रदान गरेको थियो ।
जितसँगै खार्साङ सेमिफाइनलमा प्रवेश गरेको छ । भोलीको खेल अफ्रिकन क्लब एभिनियर एफसि र बागमती युवा क्लब बीच हुने आयोजकले जानकारी दिएको छ ।
यही फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन २० गतेसम्म धरान रंगशालामा चल्ने छ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण