नेपाल क्रिकेट सङ्घको साधारण सभा सुर्खेतमा
शनिबार, १३ फागुन २०७९, १९ : ३९

सुर्खेत । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आफ्नो वार्षिक साधारण सभा सुर्खेतमा गर्ने भएको छ । आइतबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा सभाको आयोजना गरिएको छ ।
साधारण सभाबारे शनिवार क्यानले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटको विकास र सचेतनका लागि कर्णालीमा साधारण सभा गर्न लागिएको जानकारी दिए । सुर्खेतमा हुने क्यानको यो पहिलो साधारण सभा हो ।
साधारण सभाले क्यानको वार्षिक कार्य योजना निर्माण, वार्षिक नीतिगत समीक्षा र विभिन्न प्रतिवेदनबारे छलफल गर्नेछ ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने सभामा देशभरबाट क्यानमा आबद्ध ८० भन्दा बढी प्रतिनिधहरुको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सफल भए नवराज सुवेदी
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए
-
‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत