शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिक्री भएनन् स्याउका बिरुवा

आइतबार, १४ फागुन २०७९, ०९ : ३९
आइतबार, १४ फागुन २०७९

 जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–६ काडागाँउका ३२ वर्षीय घननश्याम बुढा स्याउका अगुवा किसान हुन् । २०७७  सालदेखि स्याउका बेर्ना उत्पादन गर्न थालेका उनले बिरुवा बेचेरै वर्षमा २ देखि ३ लाख रुपैयाँसम्म कमाए ।

 तर यो वर्ष पनि बिरुवा बिक्री नभएपछि उनले झन्डै ३ हजार बिरुवा उखेलेर फालेका छन्। अर्का किसान जयलाल रावतले  झन्डै ३ हजार बिरुवा उत्पादन गरे पनि अहिलेसम्म पनि बिक्री भएको छैन । घनश्याम बुढाको बारीमा करिब ३ हजार ५ सय स्याउका बिरुवा उत्पादन भएका छन् ।

जसमध्ये ५ सय मात्रै जसाेतसाे बिक्री गरे। 'स्थानीय बजार तथा गाउँमै गत वर्षसम्म ४५ रुपैयाँ प्रतिगोटा स्याउका बिरुवा बिक्री भएका थिए । तर यस वर्ष ४० रुपैयाँमा बिक्री गर्छु भन्दा पनि कोही ग्राहक आएनन्',उनले भने,'अब त उखेलेर फाल्नुको विकल्प नै भएन ।'
कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभरि १ सय १० वटा स्याउका नर्सरी दर्ता भएका छन् । केही किसानले दर्ता नगरेरै पनि स्याउका बिरुवा उत्पादन गरिरहेका छन् । तर अधिकांश किसानको बिरुवा नबिकेपछि बारीमै थन्काउनुपर्ने बाध्यता छ । बढ्दो प्रविधिको प्रयोगले पनि स्याउका बिरुवा थन्किने गरेको बताए।

जुम्लाको ३ हजार ४ सय ५० हेक्टरमा स्याउ खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जसमध्ये ९ सय हेक्टरमा लगाएको स्याउले उत्पादन दिने गरेको कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । उनका अनुसार तत्कालीन जिल्ला विकास समितिको १५ औं परिषद्ले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेपछि ०६६ सालयता अभियानकै रूपमा स्याउ लगाउने गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप