सन्दीपले खेल्न पाउनुपर्छ तर अदालतको निर्णय पनि मान्नैपर्छ : क्यान अध्यक्ष चन्द
सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार आरोपित पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन् । क्यानको आजदेखि सुरु वार्षिक साधारणसभामा बोल्दै उनले यसबारे सम्मानित अदालतले गरेको निर्णय आफूहरूले मान्ने बताएका छन् । सन्दीपको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
अध्यक्ष चन्दले गत पुसमा आयोजित टी–२० लिगमा म्याच फिक्सिङका दोषीलाई कारबाही गर्ने सम्बन्धमा क्यानमा कुनै विवाद नरहेको बताएका छन् । ‘म्याच फिक्सिङका सम्बन्धमा आइसिसीको नियम अनुसार नेपाल प्रहरीले पक्राउ गरेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएको छ । यसबारे आईसीसीले चासो दिएको छ । हामीले कारबाही पनि गरेका छौँ,’ उनले भने, ’क्यानले अब त्यस्ता गतिविधि हुन दिँदैन।’
अहिले बन्दसत्र जारी छ ।साधारणसभाले आगामी वर्षको वार्षिक बजेट विनियोजन, कार्यक्रम पारित गर्नुका साथै नीतिगत समीक्षा गर्नेछ । साधारणसभाको उद्घाटन मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए । साधारणसभामा ८० भन्दा बढी प्रतिनिधिको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण