सडक नभएको ठाउँमा पुल बनाउने तत्कालीन सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल बनाएर जनताको करको पैसा दुरुपयोग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तनका साथै डिजाईन गराउन स्वीकृत गर्नुका साथै निर्माण कार्य गराउन निर्णय गरेको अख्तियारले जनाएको छ ।
राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरेको पाइएकाले पाँच करोड पैतालीस लाख बाउन्न हजार छ सय एकहत्तर रूपैयाँ चौवन्न पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । यस्तै कानुन बमोजिम हानी नोक्सानी भएको बिगो निजबाट असुल उपर हुनसमेत मागदावी लिइएको छ।
सोही प्रकरणमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठले पनि काल्पनिक सडकको नाम दिई जरेवरस्थित दरौंदी खोला पुलको डिजाइन गराई ५,७१,७८० रुपैया हानी नोक्सानी अख्तियारको छ । साथै पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओम राज ढुङ्गानाविरुद्ध पनि आरोपपत्र दायर गरिएको भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण