परशुराम नगरपालिकामा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा सुरु
आइतबार, १४ फागुन २०७९, १५ : १५
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकालले दीर्घरोगीको निःशुल्क स्थास्थ्य बीमा सुरु गरेको छ । परशुराम नगरपालिका मेयर भरत बडायर जोशीले आइतबार एक कार्यक्रमका बीच दीर्घरोगीको निशुल्क स्वास्थ्य बीमा सुरु गरेका हुन् ।
‘आजबाट परशुराम नगरपालिकाभित्र दीर्घ रोगीका लागि निःशुल्क स्वाथ्य बीमा सुरु भयो । नगरपालिकाको १२ वटा वडामा स्वास्थ्य बीमा सुरु गरिएको छ,’ उनले भने । मेयर जोशीका अनुसार नगरपालिकामा ४५८ जना दीर्घरोगी छन् ।
नगरपालिकाले दीर्घ रोगीको निशुल्क स्वास्थ्य बीमा आफ्नो नीति कार्यक्रममा पनि समेटेको थियो । यसका लागि नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको थियो ।
स्वास्थ्य बीमाको प्रव्यक्ति वार्षिक ३५ सय नगरपालिकाले तिरिदिने छ । मेयर जोशीका अनुसार एक वर्षमा बिमा गरिएका परिवारका पाँच जनाको एक लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण