परशुराम नगरपालिकामा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा सुरु
आइतबार, १४ फागुन २०७९, १५ : १५

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकालले दीर्घरोगीको निःशुल्क स्थास्थ्य बीमा सुरु गरेको छ । परशुराम नगरपालिका मेयर भरत बडायर जोशीले आइतबार एक कार्यक्रमका बीच दीर्घरोगीको निशुल्क स्वास्थ्य बीमा सुरु गरेका हुन् ।
‘आजबाट परशुराम नगरपालिकाभित्र दीर्घ रोगीका लागि निःशुल्क स्वाथ्य बीमा सुरु भयो । नगरपालिकाको १२ वटा वडामा स्वास्थ्य बीमा सुरु गरिएको छ,’ उनले भने । मेयर जोशीका अनुसार नगरपालिकामा ४५८ जना दीर्घरोगी छन् ।
नगरपालिकाले दीर्घ रोगीको निशुल्क स्वास्थ्य बीमा आफ्नो नीति कार्यक्रममा पनि समेटेको थियो । यसका लागि नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको थियो ।
स्वास्थ्य बीमाको प्रव्यक्ति वार्षिक ३५ सय नगरपालिकाले तिरिदिने छ । मेयर जोशीका अनुसार एक वर्षमा बिमा गरिएका परिवारका पाँच जनाको एक लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला
-
सकियो हलिउड फिल्म ‘तेन्जिङ’को नेपाल छायाङ्कन
-
सप्तरीमा डकैतीपछि गोली फायरिङ र धारिलो हतियार प्रहार, एक जनाको मृत्यु, एक घाइते
-
बेपत्ता गोताखोरको बिहानैबाट खोजी सुरु
-
युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)
-
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै