इन्जेक्सन दिएँ, मल्हम लगाएँ तर फत्रक्क झर्यो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुखको पातको संज्ञा दिएका छन् । आइतबार शहिद तथा घाइते परिवारलाई सम्मानमा आयोजित कार्यक्रममा उनले रुखको पात झरेपछि मलमा परिणत हुनबाहेक कुनै काम नलाग्ने पनि बताए ।
‘झरेको पात मलमा परिणत हुन्छ । म टुप्पाको पात हुँ भनेर धाक लगाएपनि झरेपछि त्यसको परिणति मल नै हो’, ओलीले प्रचण्डको नाम नलिइकनै भने, ‘को झर्यो को झरेन म अहिले भन्न चाहान्नँ । तपाईहरुले देखिरहनुभएको छ कसरी हल्लिँदै हल्लिँदै भुइँतिर झर्याे ।’ पछिल्लो विज्ञान प्रविधिमार्फत पुस १० मा जोड्न खोजे पनि नजोडिएको ओलीको भनाइ छ ।
‘मैले लेटेस्ट साइन्स टेक्नोलोजीको माध्यमबाट जोड्दा हुन्छ की भनेर पुस १० गते लगेर जोडिहेरेँ, इन्जेक्सन दिएँ, मल्हम लगाएँ, तर हुँदोरहेनछ । फत्रक्क झर्यो फेरि’, उनले यसमा चिन्ता गर्नुपर्ने कारण नरहेको पनि बताए । उनले घाइते तथा शहिद परिवारलाई एमाले सरकारमा नभएपनि पार्टीले उनीहरुको उपचार हेल्थडेक्स राखेरै भएपनि गर्नेभएकाले पार्टी कार्यालयमा आउन आग्रह गरे । ओलीले ८० सिुट हुँदा पनि पदको लोभ नगरी ३२ सिट भएकालाई प्रधानमन्त्री दिएको भन्दै पछि एमाले गठबन्धन छोडेर छिमेकीकोमा गएको बताए ।
‘ठुलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु अनौठो होइन के के छन् शर्त भन्ने थाहा छैन । पछि थाहा हुँदै जाला’, ओलीको टिप्पणी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण