दोलखाको कालिञ्चोकमा हिमपात
आइतबार, १४ फागुन २०७९, १६ : २९

दोलखा । दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्रमा आइतबार दिउँसो देखिनै हिउँ परिरहेको हो । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । जसका कारण होटल व्यवसायी तथा किसान हर्षित भएका छन्। यो वर्ष कालिन्चोकमा पहिलोपटक हिमपात सुरु भएको हो।
विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने त्रिपुरा रिसोर्ट सञ्चालक चन्द्रकुमार लामाले बताए । काठमाडौंबाट १ सय ३३ किलोमिटरको यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा
-
एमालेसँग मुख्यमन्त्रीहरूको प्रश्न– सङ्घीय निर्वाचन क्षेत्रमा २१ करोड रूपैयाँका योजनाको चर्चा के हो ?
-
सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
-
एक वर्षपछि शान्ति श्री र खेमबिच सहकार्य
-
घुम्टोमा घण्टाघर : मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
-
सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति