मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा : नियम निलम्बन गरेर विधेयकको प्रतिवेदनमा छलफल हुँदै

आइतबार, १४ फागुन २०७९, १९ : ५४
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरेको बैठक बस्न नसकेपछि पुनः साँझ ५ः३० जेका लागि बैठक आह्वान गरिएको थियो ।

प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती कर्मचारी सेवाको गठन तथा सञ्चालन अध्यादेश २०७९ र स्थानीय तहको सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको प्रतिस्थापन विधेयकको माथि विशेष समितिमा भएको छलफल निर्णयमा पुग्न नसकेपछि प्रदेशसभाको दोस्रो बैठक पनि अबेर गरेर सुरु भएको हो ।

प्रदेशसभामा आज आइतबार २ वटा बैठकहरू सञ्चालन हुनेछन् । उक्त बैठकमा विधेयक व्यवस्थापन विशेष समितिका सभापति दिनेश चन्द्र देवकोटाले दुई अध्यादेशको प्रतिस्थापन विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । समितिले उक्त विधेयक माथि दफावार छलफल गरेर विधेयक माथि प्राप्त संशोधनसमेत छलफल गरी निर्णय तयार गरेको सभापति देवकोटाले बताए ।

प्रदेशसभाको उक्त बैठकमा प्रदेशसभाको नियमावलीको नियम निलम्बन प्रस्ताव समेत पेस हुने कार्यसूची रहेको छ । प्रदेशसभा नियमावली अनुसार संसद्मा पेस भएको २४ घण्टासम्म कुनैपनि प्रतिवेदन माथि छलफल गर्न नमिल्ने भएकाले नियम निलम्बन गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको दोस्रो बैठकमा विशेष समितिले पेस गरेको कर्मचारी सम्बन्धी २ अध्यादेशको प्रतिस्थापन विधेयकको प्रतिवेदन माथि छलफल हुनेछ । छलफल पछि प्रदेशसभाको बैठकले दुवै अध्यादेशलाई पारित गर्ने तयारी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप