बागमती प्रदेशसभा : नियम निलम्बन गरेर विधेयकको प्रतिवेदनमा छलफल हुँदै
काठमाडौँ । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरेको बैठक बस्न नसकेपछि पुनः साँझ ५ः३० जेका लागि बैठक आह्वान गरिएको थियो ।
प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती कर्मचारी सेवाको गठन तथा सञ्चालन अध्यादेश २०७९ र स्थानीय तहको सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको प्रतिस्थापन विधेयकको माथि विशेष समितिमा भएको छलफल निर्णयमा पुग्न नसकेपछि प्रदेशसभाको दोस्रो बैठक पनि अबेर गरेर सुरु भएको हो ।
प्रदेशसभामा आज आइतबार २ वटा बैठकहरू सञ्चालन हुनेछन् । उक्त बैठकमा विधेयक व्यवस्थापन विशेष समितिका सभापति दिनेश चन्द्र देवकोटाले दुई अध्यादेशको प्रतिस्थापन विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । समितिले उक्त विधेयक माथि दफावार छलफल गरेर विधेयक माथि प्राप्त संशोधनसमेत छलफल गरी निर्णय तयार गरेको सभापति देवकोटाले बताए ।
प्रदेशसभाको उक्त बैठकमा प्रदेशसभाको नियमावलीको नियम निलम्बन प्रस्ताव समेत पेस हुने कार्यसूची रहेको छ । प्रदेशसभा नियमावली अनुसार संसद्मा पेस भएको २४ घण्टासम्म कुनैपनि प्रतिवेदन माथि छलफल गर्न नमिल्ने भएकाले नियम निलम्बन गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको दोस्रो बैठकमा विशेष समितिले पेस गरेको कर्मचारी सम्बन्धी २ अध्यादेशको प्रतिस्थापन विधेयकको प्रतिवेदन माथि छलफल हुनेछ । छलफल पछि प्रदेशसभाको बैठकले दुवै अध्यादेशलाई पारित गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण