शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

आइतबार, १४ फागुन २०७९, २० : ०९
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । अपाचे ओनरस् ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड बिहीबारबाट सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल उपस्थित थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भने, “ यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवर्द्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले यो कार्यक्रमलाई सहयोग गर्नेछ ।” 

२१ दिने लामोमार्क्युराइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन् । पहिलो दिन काठमाडौँबाट रक्सौल हुँदै भारत प्रवेश गरेको यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप