गोसाइँकुण्ड क्षेत्रमा हिमपात
रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आज हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै परेको हल्ला हिमपातले लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ हाकुमाथीको डाडालगायतका क्षेत्रमा हिमपात भएको हो ।
प्रत्येक वर्ष मङ्सिरको अन्तिम सातादेखि नै सेतै हुने लौरी विनायक क्षेत्र यस वर्ष भने आज मध्यानदेखि मात्र सेतै भएको छ । आज परेको हिउँ अत्यन्तै पातलो भएका कारण चाँडै विलय हुने स्थानीय बासिन्दाले आँकलन गरेका हुन् । बेसीँ भागमा खासै पानी नपरेको स्थानीय किसानले जनाएका छन् । समयमा पानी नपरेको कारण गहुँ तथा जौजस्ता हिउँदे बालीमा नकारात्मक असर परेको यार्साका रामकाजी तामाङले बताए ।
दक्षिणी भेकको बनुवा, पहिरेबेँसी, कुडुले जिबजिबेको फाँटजस्ता सीञ्चित क्षेत्रको जमिनमा रोपिएको आलु तथा तोरी किसानले भित्र्याउन थाली सकेको जीवजीवे क्षेत्रका समाजसेवी चीरञ्जीवी पौडेलले जानकारी दिए ।
उत्तरी रसुवामा लगाइने वर्षे आलु भने रोप्ने कार्य धमाधम अगाडि बढेको छ । स्थानीय किसानका अनुसार लेकाली जमिनमा कृषि उपज तयार हुन लामो समय लाग्ने र जमिनमा चिसोपन नभए पनि छिट्टै वर्षा होला भन्ने अपेक्षाका साथ कृषि कार्य अगाडि बढाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण