बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि

सोमबार, १५ फागुन २०७९, ०५ : ४४
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिले त्रिवर्षीय मध्यकालीन खर्च संरचना तर्जुमा गर्दै सो आर्थिक वृद्धि हुने अनुमान गरेको हो । गत आर्थिक वर्षमा ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि भएकोमा चालू आर्थिक वर्षमा हालको तथ्यांकअनुसार ४ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०८१-८२ मा ७ दशमलव ४ प्रतिशत र आर्थिक वर्ष २०८२-८३ मा ८ प्रतिशतको आर्थिक वृद्धि हुनेछ । विश्व बैंकले भने आगामी आर्थिक वर्षमा ४ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालू आवमा भने ५ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । राष्ट्रिय योजना आयोगले कृषि क्षेत्रको आर्थिक वृद्धि कम हुने र गैरकृषिको बढी हुने प्रक्षेपण गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप